श्रीलक्ष्मीनारायण दिव्यदेश मन्दिर माईधार झापा
श्रीलक्ष्मीनारायण दिव्यदेश मन्दिर | |
---|---|
स्थान: | माइधार झापा नेपाल |
निर्माण मिति: | Not available |
पुनर्निर्माण मिति: | |
आचार्य: | केशवाचार्य स्वामीजी |
महत्त्व: | जगदगुरु योगिराज आश्रम |
उत्सवहरू: | अवतार उत्सवहरू |
विशेष पूजा: | |
धर्म: | श्रीवैष्णव हिन्दु |
आय स्रोत: | मुठी दान |
वेबसाइट: | |
वास्तुशिल्प शैली: | मुगल |
यातायात जानकारी: | |
नजिकका आकर्षणहरू: | कनकाई धाम , कोतीहोम |
खुल्ने समय: | ६ बजे बिहान |
सम्पर्क जानकारी: | 9779842306894 |
भगवान्-को तस्वीर | |
नक्सा लिङ्क |
लक्ष्मीनारायण मन्दिर सतासीधाम गाविसको गैंडेमा लक्ष्मीनारायण मन्दिरका नामले परिचित यो मन्दिर एउटा महत्त्व पूर्ण धार्मिक प्रतिष्ठानका रूपमा रहेको छ । नेपाल देशीय आद्यजगद्गुरु योगिराज कमलनयनाचार्य[१]द्वारा संस्थापित यस प्रतिष्ठानले निकै वसन्त पार गरिसकेको छ । यो यस ठाउँको पुरानो मन्दिर हो ।
जगद्गुरु योगिराज श्री कमलनयनाचार्यको नेपालको पहिलो मन्दिर हो । यो मंदित्र ५१ वर्ष अघि जगद्गुरु योगिराज श्री कमलनयनाचार्यले निर्माण गर्नु भएको थियो । भुटानबाट नेपाल आउने क्रममा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य माईधार स्थित हालको श्रीलक्ष्मिनारायण मन्दिरमा निवास गर्नु भएको थियो । योगिराज स्वामीजीले त्यस समयमा खरको छाना र बेरा भएको आश्रम आफ्नै बलबुताले बनाएर बस्नु भएको थियो । पछि त्यस आश्रमलाई पुर्न निर्माण गरी हालको पक्कि मन्दिर बनाइएको थियो । उक्त मन्दिर पनि यतिबेला जिर्ण बन्दै गएको छ । सामान्यतया यस संस्थाले राम्रै प्रगति गरेको छ । यस मन्दिरमा श्रीसम्प्रदायका वैष्णवहरू आवद्ध छन् ।
अरु विवरण
गोदुग्धहारी जगद्गुरु योगिराज कमलनयनचार्य स्वामीजी महाराजको तपोभूमिको रुपमा रहेको आश्रम परिसरमा भगवान् श्रीलक्ष्मीनारायणको दिव्य मन्दिरका अतिरिक्त विभिन्न संरचना निर्माण भएका छन् । सरकारबाट अनुमति प्राप्त आधारभूत तहको कक्षा १ देखि ८ सम्म श्री अनन्तादर्श संस्कृत वेद विद्यालय, कमलनयनाचार्य पुस्तकालय, छात्रावास, श्री लक्ष्मीनारायण वैष्णवालय, गौशाला, धर्मशाला जस्ता संरचनाहरू निर्माण भइसकेका छन् । विश्वका वैदिक सनातनीहरुको लागि महत्त्वपूर्ण गन्तव्यका रुपमा विकसित हुँदै गएको उक्त स्थानमा श्री सम्प्रदायका अनुयायीहरुका लागि एक गौरव पूर्ण इतिहासको नविनतम संरचनाका रुपमा समेत स्थापित हुने छ । विश्वभर व्यापकता पाएका स्वामीजीका शिष्य प्रशिष्य परम्परामा सबैको साझा धार्मिक आस्थाको केन्द्र साथै पूर्वाञ्चलकै एक महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा यो मन्दिरको विकास भइरहेको छ । लक्ष्मि नारायण मन्दिरको ४ विगाह जग्गा छ । मन्दिर परिसर पूर्व तर्फको करीव ४ विगाह जग्गामा कनकाई नदीको पवित्र जल प्रवाह गरी कञ्चन जलाशय पुस्करिणी निर्माण गरिने भएको छ ।
सन्दर्भ सामग्री
- ↑ कमलनयनाचार्यको अतिसन्क्षिप्त जीवनी तथा बृहद जीवनी स्मृतग्रन्थ