हयग्रीव अवतार

श्रीसम्प्रदायबाट
Devraj Poudel (वार्तालापमेरो योगदानहरू) द्वारा १६:३४, २७ अक्टोबर २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)

हयग्रीव अवतार हिन्दू सनातन धर्मका अनुसार भगवान विष्णुले हयग्रिव नामको राक्षसलाई मार्नका निमित्त हयग्रिव (घोडा)को रूप लिनु भएको थियो । भगवान हयग्रिवले दैत्य हयग्रिवलाई मारेर वेद तथा हिन्दू धर्मको रक्षा गर्नु भएको थियो। हयग्रीव अवतार भगवानको ज्ञानको स्वरूप मानिनु हुन्छ।

पौराणिक कथा

कुनै समयमा हयग्रीव नामक एक परम शक्तिशाली राक्षस थियो। भगवती महामायाको प्रसन्नताका लागि सरस्वती नदीको किनारमा गएर कठोर तपस्या गर्यो । उसले धेरै दिनसम्म केही नखाई भगवतीको मायाबिज एकाक्षर महामन्त्र जप गरिरहयो । उसका इन्द्रियहरू उसको नियन्त्रणमा थिए। उसले सबै सुख त्यागेको थियो । उसको कठोर तपस्याबाट प्रसन्न भई भगवतीले तामसी शक्तिको रूपमा उसलाई दर्शन दिनुभयो। भगवती महामायाले उसलाई भन्नु भो हे महाभाग ! तिम्रो तपस्या सफल भयो। म तिमीसँग धेरै खुसी छु। तिम्रो जे इच्छा छ त्यो पूरा गर्न तयार छु । वत्स ! वर माँग दया र मायाले भरिएको भगवतीको वचन सुनेर हयग्रीवको खुशीको सीमा रहेन। उसका आँखा खुसीका आँसुले भरिए । भगवतीको स्तुति गर्दै भन्न लाग्यो “हे कल्याणमयी देवी ! तपाईलाई प्रणाम गर्छु । तपाइँ महामाया हौ। सृजना गर्ने, पालन गर्ने र नष्ट गर्ने तपाईंको प्राकृतिक विशेषता हो। तपाइको कृपा भए केहि असम्भव केही छैन। यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने, कृपया मलाई अमरत्वको वरदान दिनुहोस्। देवीले भनिन्, “हे राक्षस राजा ! संसारमा जो जन्मन्छ, उसको मृत्यु निश्चित छ। प्रकृतिको यो नियमबाट कोही पनि उम्कन सक्दैन। कसैलाई सधैंभरि अमर रहन असम्भव छ। अमर अजर भनिने देवताहरूलाई पनि पुण्य सकिएपछि मृत्युधाममा जानुपर्छ। त्यसैले तिमी अमरता बाहेक अरु केही वरदान माग। उसले भन्यो यदि मेरो मृत्यु हुन्छ भने हयग्रीवको (अश्वमुख ) हातबाट मात्र होस् । अरूले मलाई मार्न न सकोस । यहि मेरो मनको चाहना हो। तथास्तु पूरा गर्नुहोस्। यसो भन्दै भगवती अन्तर्धान भईन् । हयग्रीव अपार आनन्द महसुस गर्दै घर गयो। देवीको वरदानको प्रभावले ऊँ अजेय बन्यो । त्रिलोकमा त्यो दुष्टलाई मार्न सक्ने कोही थिएन। उसले ब्रह्माबाट वेद खोसेर देवता र ऋषिहरूलाई यातना दिन थाल्यो । यज्ञादि कर्म रोकिदियो र सृष्टि व्यवस्था बिग्रन थाल्यो र अन्त्यमा ब्रह्मादि देवता भगवान विष्णुकहाँ गए तर भगवान् योगनिद्रामा मग्न हुनुहुन्थ्यो । भगवानको शारंग नामको धनुषमा डोरी लगाइएको थियो । ब्रह्माजीले भगवानलाई उठाउनको लागि वामरी नामको कीरो बनाउनु त्यो किराले ब्रह्माजीको प्रेरणाले भगवान विष्णुको धनुषको तार काटिदियो । त्यसैबेला भयंकर मेघ गर्जन भयो त्यो धनुषले विष्णु भगवानको शिर काटिएर गायब भयो त्यो शिर बिनाको विष्णुको स्वरूप देखेर देवता सबै भय भीत भएका थिए त्यही बेला त्यही उपस्थित विश्वकर्माले एउटा सुन्दर घोडाको शिर काटी त्यो शिर विहीन विष्णुको शरीरमा जोडिदिए त्यो भगवान विष्णुको अनौठो हयग्रीव स्वरूपको देवताले दर्शन गरे त्यही नै भगवान विष्णुको हयग्रीवतार थियो । त्यसपछि हयग्रीव राक्षससँग भगवानको भीषण युद्ध भयो। अन्ततः भगवानको हातबाट नै हयग्रीव राक्षसको मृत्यु भयो। हयग्रीवको वध गरिसकेपछि भगवानले ब्रह्मालाई वेदहरू पुनः समर्पण गर्नुभयो र देवता र ऋषिहरूको समस्या समाधान गर्नुभयो। यस्ता वेदोद्धारक भगवान विष्णुको विद्यार्थीले नित्य स्तुति गर्नाले विद्यामा सफलता प्राप्त गर्छ यसमा कुनै सन्देह छैन।

सन्दर्भ सामग्रीहरू

स्तोत्रहरू

बाह्य लिङ्कहरू